
काठमाडौं, जेठ ६ । कोरोना महामारीको जटिल अवस्थासँग जुधिरहेको नेपाललाई तिब्बतले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारले नेपाललाई महामारीविरुद्ध लड्न आपतकालीन स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालका अनुसार तिब्बतले ४० केजी क्षमताका ६०० थान अक्सिजन सिलिण्डर तथा लिक्विड अक्सिजन उपलब्ध गराएको छ ।

त्यस्तै २०० थान आइसीयू बेड, १० थान अक्सिजन कन्सन्ट्रेटर र ५ थान भेन्टिलेटर तथा १५ हजार किट तत्कालै उपलब्ध हुने ढकालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिनुभएको छ ।
तिब्बत सरकारले नेपालतर्फ बिना अवरोध मेडिकल कार्गो आवागमन गराउने प्रतिवद्धता समेत जनाएको छ । जसअनुसार निजी क्षेत्रले ल्याएका सामग्रीहरु तातोपानी नाकातर्फ आइरहेको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्