२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कँडेल पुनः नियुक्त


0
Shares

काठमाडौं, जेठ ६ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त हुनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनःनियुक्तिपश्चात बिहीबार सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपीशर्मा ओलीसमक्ष कँडेलले सपथ ग्रहण गर्नुभएको छ ।