२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


थापालाई मत नहाल्ने नेता–कार्यकर्तालाई निन्दा गर्दै सकियो एमाले बैठक


0
Shares

काठमाडौं, जेठ ६ । नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मत नहाल्ने नेता–कार्यकर्ता/जनप्रतिनिधिको भर्त्सना गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी निर्देशन अवज्ञा गर्ने नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिको क्रियाकलाप क्षमा दिनयोग्य नरहेको निर्णय गरेको हो ।

बिहीबारसम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा माधव नेपाल पक्षका जनप्रतिनिधिहरुले पार्टी उम्मेदवार थापाका विपक्षमा मत हालेको बारे छलफल गर्दै निन्दा गरिएको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले पार्टीविरोधी गतिविधि र पार्टी निर्देशनविरुद्ध मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने निर्णय गरेको हो ।

विभाजन उन्मुख पार्टीका विवाद समाधानका लागि दुबै पक्ष सम्मिलित कार्यदल बनेपछि पनि पार्टी निर्णयमा उभिनु सामान्य नभएको उहाँको भनाइ थियो ।

ज्ञवालीले संवाददाताहरुसँग भन्नुभयो, ‘जेठ २ गते कार्यदल नबन्दासम्मको अवधिलाई कट अफ डेट मान्न सकिन्थ्यो । तर कार्यदल बनेर पार्टी एकताको कुरा अघि बढेपछि पनि यस्ता घटना हुन्छन् भने यसलाई सामान्य रूपमा लिन सकिन्न, यसबाट बुझ्न सकिन्छ ।’