८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


यसरी मारिए आईएसआईका नेता बग्दादीः पेन्टागन


0
Shares

काठमाडौं, कात्तिक १४ । अमेरिकाले इस्लामिक स्टेट (आईएसआई)का नेता अबु बकर अल बग्दादीलाई आक्रमण गरिएको दृश्य सार्वजनिक गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइएसआईका प्रमुख बगदादीमाथि गरिएको कारवाहीको दृश्य र तस्विर सार्वजनिक गरेको हो ।
बुधबार पत्रकार सम्मेलन गर्दै सेन्ट्रल कमान्डका कमान्डर जनरल केनेथ म्याकेन्जीले यसबारे जानकारी दिएका हुन् ।

जारी गरिएको भिडियो बग्दादी बसिरहेको परिसरमा हमला गर्ने सुरक्षा बलको भएको दावी उनको छ । उक्त कारवाहीमा आइएसका ६ सदस्य मारिएको र मारिनेमा ४ महिला र बग्दादीसमेत दुई युवक रहेको जानकारी दिइयो ।

बग्दादीले आफैमाथि आत्मघाती विस्फोट गराउँदा उनीसँगै रहेका १२ वर्षभन्दा कम उमेरका दुई बालबालिका पनि मारिएको पेन्टागनले जनाएको हो ।

हतियार र विस्फोटकविहीन गैर लडाकूलाई भने खोजतलास गरी छाडिएको पनि म्याकेन्जीले जानकारी दिए । यसरी छाडिएकामा ११ बालबालिका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सिरियामा अमेरिकी सेनाले गरेको विशेष अपरेशनमा बग्दादी मारिएको सार्वजनिक गरेका थिए ।

अमेरिकाको राष्ट्रिय आतंकवाद निरोधक केन्द्रका कार्यवाहक निर्देशक रसल ट्रेवर्सले बग्दादी मारिए पनि आइएसआईले अब दुई हप्ताभित्र नयाँ नेताको नाम घोषणा गर्ने बताए ।

आफ्ना नेता मारिएकामा क्रूद्ध बनेको आइएसआईले पश्चिमा देशबिरुद्ध नयाँ आक्रमण गर्ने चेतावनी पनि दिएको छ । एजेन्सीको सहयोगमा ।