
काठमाडौं, जेठ ६ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन भएको छ ।
२०७७ असार ११ मा गरिएको तेस्रो संशोधन अनुसार विश्वविद्यालयको नाम परिवर्तन गरी मध्यपश्चिम विश्वविद्यालय भएको हो ।
विश्वविद्यालयको नाम शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७७ अनुसार मध्यपश्चिम विश्वविद्यालय ऐन २०६७ संशोधन भई ‘मध्यपश्चिमाञ्चल’ शब्द ‘मध्यपश्चिम’मा रुपान्तरण भएको हो ।
साथै प्रयोग नै नगरी धेरै सामान नष्टहुने भएकोले आर्थिक मितव्ययिता कायम गर्न केहि समयलाई पुरानै सामग्री प्रयोगमा रहने भन्दै विश्वविद्यालयले सूचना पनि जारी गरेको छ ।
यसरी प्रयोग गरिदा आधिकारिकता माथि कुनै असर नपर्ने तथा कुनै व्यक्ति लाई नयाँ नाम अनुसारको विश्वविद्यालयको कागजपत्र आवश्यक परेमा विश्वविद्यालयको सम्बन्धित निकायमा सम्पर्क गर्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्