४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


शेयर बजारमा सामान्य सुधार


0
Shares

काठमाडौं, जेठ ६ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा सामान्य सुधार आयो ।

उतारचढाव बिच बजार परिसुचक नेप्से ६ अंकले उकालो लागेर २७ सय ८७ बिन्दुमा पुग्यो ।

यसदिन आधा समुह उकालो लाग्दा आधा समुह रातो रहे ।

यसदिन विकास बैंक समूह १ सय १३ अंकले उकालो लाग्दा वित्त समुहमा ८९ अंक अनि वाणिज्य बैंक समुहमा १७ अंकको सुधार आयो ।

जीवन बिमा समुह ७८ अंकले ओरालो लाग्दा उत्पादनमुलक समुहमा पनि ५६ अकंको गिरावट आयो ।

यसदिन व्यापार, होटल तथा पर्यटन, जलविद्युत, निर्जिवन बिमा र लघुवित्त समुह दोहोरो अंकले ऋणात्मक रहे ।

यसदिन ७८ कम्पनीको शेयर मुल्य बढ्दा १ सय कम्पनीको शेयर मुल्य घट्यो ।

गुडविल फाईनान्स लिमिटेडका शेयरधनीले सबैभन्दा बढि कमाउदा पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ता सबैभन्दा बढि गुमाउन पुगे ।

यसदिन २ सय १४ कम्पनीको २ करोड १ लाख कित्ता शेयर ९ अर्ब ३० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।