१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिवनाथ गाउँपालिकाका अध्यक्षसहित ९ जनामा संक्रमण, पालिकाका सबै सेवा बन्द


0
Shares

बैतडी, जेठ ६ । अध्यक्षसहित ९ जनामा संक्रमण पुष्टि भएपछि बैतडीको शिवनाथ गाउँपालिकाको सेवा बन्द भएको छ ।

गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित अन्य ७ कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा जेठ १७ गतेसम्मका लागि बन्द रहेको जनाएको छ ।

गाउँपालिकामा हालसम्म ८१ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताउनुभयो ।