१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय सभा उपनिर्वाचनः स्थानीय तहतर्फ गृहमन्त्री थापाको हार


0
Shares

ram bahadur thapa badal in rastriya sabha nirwachan

हेटौंडा, जेठ ६ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशबाट निर्वाचित हुने एक पदका लागि गराइएको उपनिर्वाचनको स्थानीय तफतर्फको मत परिणाम प्राप्त भएको छ ।

जसमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापाको हार भएको छ ।

थापाको सूर्य चिह्नमा १८५४ मत प्राप्त हुँदा विपक्षीहरुका साझा उम्मेदवार डा. खिमलाल देवकोटाले २३०४ मत पाउनुभएको छ ।

उता नेमकिपाका उम्मेदवारले भने ३६ मत पाउनुभएको छ ।

मतगणना जारी छ । पूर्ण विवरण आउन अझै केही समय लाग्ने छ । अहिले प्रदेश सांसदहरुले हालेको मत गणना भइरहको छ ।