
रसुवा, जेठ ६ । चालु आर्थिक वर्ष २०७७/७८ को दश महिना बिति सक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेन ।
कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात कोटा प्रणालि तथा निर्यात ठप्प रहँदा राजस्व संकलन प्रभावित बनेको हो ।
चालु आर्थिक वर्ष २०७७÷७८ मा ७ अर्ब २४ करोड ३३ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा साउन देखि वैशाख मसान्त सम्ममा २ अर्ब ८५ करोड ६४ लाख ३१ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
कार्यालयको यो लक्ष्यको ४९ दशमलब.१ प्रतिशत मात्र हो ।
कार्यालयका अनुसार अबका दुई महिनामा ४ अर्ब ३८ करोड ६८ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गर्नु पर्ने देखिन्छ ।
हाल रसुवागढी नाकाबाट भइरहेको आयातको दर हेर्दा र निर्यात ठप्प रहँदा यो लक्ष्य पूरा गर्न सक्ने अवस्था निक्कै कम छ ।
रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण डेड वर्ष देखि रसुवागढी नाका बाट सामग्री आयात घटे पछि राजस्व संकलन प्रभावित बन्दै गएको हो ।
प्रतिक्रिया दिनुहोस्