२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अष्ट्रेलियाले गर्‍यो कोभिडविरुद्ध लड्न नेपाललाई ६३ करोड सहयोगको घोषणा


0
Shares

काठमाडौं, जेठ ७ । कोरोना महामारीले नराम्ररी थलिएको नेपाललाई मित्रराष्ट्र अष्ट्रेलियाले ७ मिलियन अष्ट्रेलियन डलर अर्थात् ६३ करोड ४८ लाख रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाली दूतावासले निकालेको विज्ञप्तिमा यो कोभिड–१९ विरुद्ध नेपाललाई अतिरिक्त सहयोगको घोषणा भएको जनाएको छ ।

दक्षिण एशियाका नेपाल, बंगलादेश र श्रीलंकालाई दिने भनेको १७.५ मिलियन डलरकै एक हिस्साका रुपमा यो सहयोग नेपाललाई दिन लागिएको विज्ञप्तिमा भनिएको छ ।

सहयोगमा प्रदेश सरकारलाई अक्सिजन लगायतका जरुरी उपकरण र स्वास्थ्यकर्मीका लागि पीपीई लगायतका सामाग्री समावेश गरिएको छ ।

नेपालमा फैलिएको महामारीविरुद्ध युरोप, अमेरिका, जापान र राष्ट्रसंघीय निकायसँग मिलेर काम गर्ने पनि अष्ट्रेलियाले जनाएको छ ।