१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जसपाका ठाकुर पक्षलाई फकाउन प्रधानमन्त्री ओलीले बनाए संविधान संशोधन कार्यदल


0
Shares

काठमाडौं, जेठ ७ । सरकारले संविधान संशोधन गर्नका लागि कार्यदल बनाएको छ ।

मधेशी दलहरुले माग गरेबमोजिम संविधान संशोधनका लागि छलफल गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन गरिएको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरका अनुसार पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । राजनीतिक खिचातानी बढेका बेला ठाकुर पक्षको समर्थन बटुल्न प्रधानमन्त्री ओली कार्यदल बनाउन राजी हुनुभएको हो ।

ठाकुरका अनुसार कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्छ भने एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल हुनुहुन्छ ।