२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देउवालाई प्रधानमन्त्री दावी गर्न यसरी पुग्यो १४९ सांसदको हस्ताक्षर


0
Shares

bipaxiharu rastrapati officema

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त गर्न १४९ सांसदले समर्थन गरेका छन् ।

त्यही सांसदको समर्थन पत्र बोकेर संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासहितका विपक्षी दलका नेताहरु राष्ट्रपतिसमक्ष पुग्नुभयो ।

प्रधानमन्त्रीबाट केपी ओलीलाई जसरी पनि हटाउने एक सूत्रीय अभियानमा जुटेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकले आफ्ना सांसदहरुको हस्ताक्षर जुटाएका हुन् ।

हस्ताक्षर गर्ने १४९ सांसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ जना छन् ।

धारा ७६ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलका नेताका रुपमा प्रधानमन्त्री बन्नुभएका ओलीले संसदमा विश्वासको मत लिन नजाने भन्दै उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गरेअनुसार राष्ट्रपति कार्यालय त्यस्तो सरकारका लागि आज साँझ ५ बजेसम्मको समय दिनुभएको थियो ।