
काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओली विपक्षीहरु पुग्नुभन्दा १० मिनेट अगावै राष्ट्रपति कार्यालय शितलनिवास पुग्नुभएको छ ।
आफ्नो पक्षमा १४९ सांसदको हस्ताक्षर रहेको भन्दै प्रधानमन्त्री दावी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका विपक्षी दलका नेताहरु शितलनिवास पुग्नु अगावै ओली राष्ट्रपति कार्यालय जानुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुका ५ बजेभित्रमा संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि दावी पेश गर्न समय दिनुभएको छ ।
सोही प्रयोजनका लागि विपक्षी गठबन्धन शीतलनिवास पुग्नु अगावै प्रधानमन्त्री ओली शीतलनिवास पुग्नुभएको शीतलनिवास स्रोतले जानकारी दिएको छ ।
ओली आफै पनि आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने दाबी पेश गर्न गएको अनुमान गरिएको छ । ओलीको समर्थनमा जसपाका महन्थ–राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्