२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको समर्थन दर्ता गराएर फर्किए विपक्षी दलका नेता, राष्ट्रपतिले भनिन्– म हेर्छु


13
Shares

bipaxiharu rastrapati officema

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना सांसद तयार रहेको दावी पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएर विपक्षी दलका नेताहरु बाहिरिएका छन् ।

उक्त दावी पत्रमा आफ्नै अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न एमाले नेता माधव नेपालसमेतका २७ सांसदले पनि हस्ताक्षर गर्नुभएको छ ।

देउवालाई समर्थन गर्नेमा उहाँकै पार्टी कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष र एमालेका नेपाल पक्ष रहेका छन् ।

विपक्षी दलका सबैजसो शीर्ष नेता राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपतिलाई भेटी बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।
राष्ट्रपति भण्डारीले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरी निर्णय लिने बताउनुभएको छ ।