
सुर्खेत, जेठ ७ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले शुक्रबार प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको हो ।
संस्थाले १३ सय थान पिपिइइ सेट, १७५० थान भिटिएम, ६ हजार थान सर्जिकल मास्क, लगायतका सामाग्रिहरु हस्तान्तरण गरेको हो ।
संस्थाले कर्णालीका ४ जिल्ला कोरोनाको उच्च जोखिममा रहेको भन्दै दैलेख, कालिकोट, जाजरकोट, र सुर्खेतलाई सहयोग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्