
काठमाडौं, जेठ ७ । नेपाली सेनाले धौलागिरी हिमालको फोहर संकलन गर्ने क्रममा दुईवटा मानव कंकाल फेला परेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यनन्तु आरक्षण निर्देशनालयको सफा हिमाल अभियान २०२१ अन्तर्गत फोहर संकलनको क्रममा प्राप्त कंकाल अनुुसन्धान र कानूनी प्रकृयाको लागि म्याग्दी जिल्ला प्रहरीका बुझाएको सेनाले जनाएको छ ।
सो हिमालबाट ५ हजार केजी भन्दा बढी फोहर संकलन गरिएको पनि सेनाले जनाएको छ
शुक्रबार सैनिक मुख्यालयमा आयोजना भएको कार्यक्रममा ४ हजार किलो भन्दा बढी नकुहिने फोहोर रिसाईकलिङका लागि एभ्नी भेन्चरलाई हस्तान्तरण गरियो ।
सो अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, पुमोरी, मकालुमा जेष्ठ १५ गते भित्र फोहर संकलन गरी सक्ने सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्