१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनमा अकस्मात् मौसम बिग्रिँदा दौडिरहेका २१ धावकको मृत्यु


0
Shares

एजेन्सी, जेठ ९ । चीनमा अकस्मात् मौसम बिग्रँदा दौडमा सहभागि भइरहेका धावकहरुको मृत्यु भएको छ ।

पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिँदा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने वर्षा भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै समाचारमा उल्लेख छ ।

सय किलोमिटर दूरीको दौडमा १७२ धावक सहभागी भएकामा केही हराएपछि प्रतियोगिता नै रोक्नु परेको थियो । खोजी तथा उद्धार टोली आइतवार २१ जनाको शव फेला पारेका हुन् ।

जिवित फेला परेका १५१ मध्ये आठ जनालाई भने चोट लागेको जनाइएको छ । घटना छानबिन गर्न समिति नै बनाइएको छ । ढुङ्गाका मनमोहक स्तम्भहरू रहेको येलो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।