
काठमाडौं, जेठ ९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई आगामी साता कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामग्री पठाउने जनाएको छ ।
नेपालका साथै दक्षिण एशियाली मुलुक भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा अबको केही सातामा अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले विज्ञप्ति निकाली जनाएको छ ।
कोभिड–१९ को संक्रमणको चपेटमा परेका दक्षिण–पूर्वी एशियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको पनि डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एशियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भन्नुभएको छ, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्री विभिन्न मुलुक र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’
यसअघि डब्ल्यूएचओले भारतमा पठाएको स्वास्थ्य सामग्री त्यहाँको २६ राज्यमा पुगेका पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्