
तस्विर फाइल
पोखरा, जेठ ९ । गण्डकी प्रदेशका नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
उहाँलाई मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराउनुभएको हो ।
मनाङसहित प्रदेशका ५ मन्त्रीलाई मुख्यमन्त्री गुरुङले मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
सोहि दिन चार मन्त्रीले सपथ लिएपनि गुरुङ काठमाडौं भएकाले सपथ लिन पाउनुभएको थिएन ।
प्रतिक्रिया दिनुहोस्