
स्याङ्जा, जेठ ९ । स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट भीरकोट र पुतलीबजार नगरपालिकाका एक/एक र गल्याङ नगरपालिकाका दुई जनाको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।
निर्देशक शर्माका अनुसार भीरकोट नगरपालिका ४ की ८० वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो। पुलतीबजार नगरपालिका ८ का ८३ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा आइतबार निधन भएको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार गल्याङ् नगरपालिकामा ११ का ३५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको हो ।
त्यसै गरी गल्याङ नगरपालिका ३ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरा आइतबार मृत्यु भएको हो ।
त्यसै गरी पछिल्लो २४ घण्टामा जिल्लामा ९० जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्