१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्य मन्त्रालयले ३५ वटा अस्पताललाई रकम विनियोजन गर्‍यो


0
Shares

काठमाडौं, जेठ ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ३५ वटा अस्पतालहरुमा अक्सिजन प्लान्ट, आइसियू र भेन्टिलेटर थप गर्न २ अर्ब ९३ करोड ८० लाख रकम विनियोजन भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३६० आइसियू, १८० भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांक थप गर्न रकम विनियोजन गरिएको जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले कोरोना परीक्षणको दायरा फराकिलो बनाउन प्रत्येक प्रदेशमा एन्टिजेन किट पठाउने तयारी भएको पनि जनाएको छ ।