
एजेन्सी । भारतमा ब्ल्याक फंगस् (कालो ढुसी)को संक्रमणका करिब ९ हजार विरामी फेला परेका छन् ।
अहिलेसम्म फेला परेका संक्रमितमध्ये आधाभन्दा बढी गुजरात र महाराष्ट्र राज्यका छन् ।
संक्रमितको संख्या बढ्न थालेकाले २९ वटा राज्यलाई यो रोगलाई प्रकोप घोषणा गर्न भनिएको छ ।
अन्य १५ वटा राज्यमा पनि यसको संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित भएर निको हुने क्रममा रहेका मानिसहरु यो रोगबाट पीडित हुने गरेको पाइएको छ ।
कोरोना निको भएको १२ देखि १८ दिनमा यो रोगबाट संक्रमण हुन सक्ने देखिएको छ ।
यो रोगमा मृत्युदर ५० प्रतिशतसम्म रहेको छ । कोरोना उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण ब्ल्याक फंगस् देखा परेको हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।
मधुमेह भएका बिरामीमा यो रोगबाट सङ्क्रमण हुने ठूलो जोखिम छ । यसले साइनस, मस्तिष्क र फोक्सोलाई असर गर्छ ।
मधुमेह वा प्रतिरोध क्षमता कम भएका क्यान्सरका बिरामी र एचआईभी एड्स भएका मानिसका लागि यो रोग प्राणघातक बन्न सक्ने चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्