
चितवन, जेठ १० । नारायणी नदीमा तियारी जालको प्रयोग गर्दै माछा मार्ने २४ जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
प्रतिबन्धित तियारी जालको प्रयोग गरी गैरकानुनी तवरबाट रातको समयमा माछा मार्दै गरेको अवस्थामा भरतपुर महानगरपालिका भगेडीबाट उनीहरुलाई नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
साथै माछा ओसार्न प्रयोग भएको बोलेरो जीप र २ वटा स्कुटर पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेकाहरुको साथबाट २ क्विन्टल माछा र ४४ थान तियारी जाल समेत बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस्