
बर्दिया, जेठ १० । बर्दियामा निषेधाज्ञा १० दिन लम्ब्याइएको छ ।
कोरोना संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जारी निषेधाज्ञा जेठ २० गतेसम्मका लागि लम्ब्याएको हो ।
भारतबाट आउने नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पनि भनेको छ ।
निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुका पसल बिहान ६ बजे देखि ९ बजे सम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्