२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डा. बानिरा गिरीको निधन


0
Shares

काठमाडौं, जेठ ९ । साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला लेखिका डा. बानिरा गिरीको निधन भएको छ ।

७५ वर्षिया गिरीको गएराति निधन भएको हो ।

उहाँलाई २० दिनअघि कोरोना संक्रमण पुष्टी भएको थियो ।

होम आइसोलेशनमा रहनुभएकी डा. गिरीको मृत्यु भने ह्दयघातका कारण निजामती कर्मचारी अस्पतालमा भएको बताइएको छ ।

उहाँ विगत ३ वर्षदेखि अल्जाइमर्स रोगबाट पीडित हुनुहन्थ्यो ।

उहाँका श्रीमान, एक छोरा र एक छोरी छन् ।