
धरान, जेठ १० । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना उपचार सहज नभएको भन्दै स्थानीय नेता कार्यकर्ताले खबरदारी गरेका छन् ।
उनीहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अघि धर्ना दिएर उपचार सेवा प्रभावकारी बनाउन माग गरेका हुन् ।
महामारीको समयमा प्रतिष्ठानले संक्रमितलाई भर्ना नगरेको, आइसीयू र भेन्टिलेटर विस्तार नगरेको, अक्सिजन प्लाण्ट मर्मत नगरेकोलगाएतको असन्तुष्टि उनीहरुले राखेका छन् ।
धर्नामा जिल्लास्थित विभिन्न दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्