४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


शेयर बजारमा नयाँ रेकर्ड, भयो १३ अर्बको कारोबार


0
Shares

काठमाडौं, जेठ १० । सोमबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

तीन अंकले बढेर २८ सय २३ विन्दुमा पुगेको बजारमा कारोवार रकम अहिलेसम्मकै बढी १३ अर्ब १७ करोड भएको छ ।

यसदिन २ करोड ७१ लाख बढी कित्ता शेयर किनबेच हुंदा शेयर संख्या, कारोवार रकम र सूचकले पूंजी बजारको इतिहासमा हालसम्मकै नयाँ उचाई कायम गरेको छ ।

बैकको व्याजदर निरन्तर घटिरहेको र कोरोनाका कारण लगानीका अन्य विकल्पमा संकुचन आउँदा पूजी बजारले नयाँ रेकर्ड कायम गरेको विश्लेषकहरुले बताएका छन् ।

सोमबार निर्जिबन बिमा समुह १ सय ९६ अंकले उकालो लाग्दा जलविद्युत ५ र बैक समुहमा ४ अंकको सुधार आएको छ भने अरु सबै उपसूचक भने रातो रहे ।

यसदिन व्यापार समुहमा ५७ अंकको गिरावट आउदा जीवन बिमा ५५ अंकले घटेको छ ।

यस्तै उत्पादन ४८, वित्त ३६, विकास बैक ३२, होटल तथा पर्यटन समुहमा १७ अंकको गिरावट आएको छ ।

यस्तै अन्य ९ र लघुवित्त समुहमा ५ अंकले कमी आएको छ ।

सोमवार २ सय १६ कम्पनीको २ करोड ७१ लाख बढी कित्ता शेयर १३ अर्ब १७ करोड ५३ लाख बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।