
काठमाडौं, जेठ १० । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन ढिला भईसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमा खोप प्राप्त हुन नसक्दा ज्येष्ठ नागरिकहरुलाई दोस्रो डोज खोप लगाउन ढिलाई भएको जनाएको छ ।
मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्षमण अर्यालले खोप लगाएको १२ देखि १६ हप्ताको बीचमा दोस्रो डोज लगाउन सकिन्छ कि भन्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी, पत्रकार लगायतहरुलाई भने ८ देखि १२ हप्ताको बीचमा दोस्रो डोज खोप लगाइएको थियो ।
गत फागुन २३ देखि चैत्र ३ गतेसम्म ५ लाख ५३ हजार ५८९ जना ज्येष्ठ नागरिकहरुलाई पहिलो डोज खोप लगाइएको थियो ।
पहिलो डोज लगाएको १६ हप्ता भित्रै खोप लगाउने गरी पहल अघि बढाइएको सचिव अर्यालले बताउनुभयो ।
ज्येष्ठ नागरिकहरुलाई दोस्रो डोज खोप लगाउन खोप अपुग हुने भएपछि मन्त्रालयले बाँकी रहेको खोपबाट थप ९० हजार फ्रन्टलाइनरलाई पहिलो डोज लगाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्