
सर्लाही, जेठ १० । सर्लाहीको लालबन्दी नगरपालिका १४, नारायणखोलामा भाइरल ज्वरोका बिरामी बढेपछि गाउँले त्रसित बनेका छन् ।
सडक सञ्जालमा नजोडिएको यस गाँउमा केही समयदेखी ९५ प्रतीशत बढीमा भाईरल ज्वरो देखिएको हो ।
लकडाउनका कारण स्थानियवासी बिरामी हुदाँ समेत लालबन्दीसम्म आएर उपचार गराउन पाएका छैनन् ।
उपचार नपाएरै सनिबार यता तिन जनाको मृत्यु भैसकेको छ ।
सिंगो गाँउ नै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिई बिरामी भई मृत्यु भईरहदा पनि उपचार तथा कोरोना परिक्षणकालागि कुनैपनि किसिमको पहल नभएको वडा सदस्य दिप सागर दोङले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्