
तस्विर फाइल
काठमाडौं, जेठ १० । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त हुनुभएको छ ।
सोमबार बसेको मन्त्री परिषद्को बैठकले युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा डा. गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमितको उपचार गरिने केन्द्रीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष कमाण्डमा सञ्चालन गर्ने निर्णय भएको थियो ।
अस्पताललाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय भए पनि नेतृत्व चयन हुन सकेको थिएन ।
कोरोना कहरका बीच गत वर्ष डा. गौतमलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ता बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्