१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्थतन्त्र थप चुनौतीपूर्ण बन्दै : गभर्नर


0
Shares

काठमाडौं, जेठ ११ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको दोस्रो लहरसँगै अर्थतन्त्र थप चुनौतीपूर्ण बन्दैै गएकोे बताउनु भएको छ ।

एसियन क्लियरिङ युनियनको भर्चुअल रुपमा आयोजित ४९ औं बोर्ड बैठकलाई सम्बोधन गर्दै उहाँले कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्पm उन्मुख हुँदै गएका बेला दोस्रो लहरका कारण मुलुकका अर्थव्यवस्था फेरि अनिश्चितातर्पm धकेलिएको बताउनुभयो ।

कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानका निम्ति थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको पनि गर्भनर अधिकारीले उल्लेख गर्नुभयो ।

राष्ट्र बैंकले कोभिड संक्रमण यताको अवधिमा तरलताको सहजीकरण, व्याजदर कटौती, अतिरिक्त चालु पूँजी कर्जाको सुविधा, कर्जाको पुनर्संरचना÷पुनर्तालिकीकरण, कर्जाको सावाँ÷ब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको छ ।

सो अवसरमा गभर्नर अधिकारीले विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गर्दै नगद रहित कारोबारलाई स्थापित गर्ने दिशातर्पm अग्रसर हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

यसैबीच, आजैदेखि एसियन क्लियरिङ युनियनको अध्यक्षता रिजर्व बैंक अफ इण्डिया(आरबीआई) ले ग्रहण गरेको छ ।

वैठकले युनियनको ५० औं सञ्चालक समितिको बैठक सन् २०२२ जनवरीमा गर्ने निर्णयसमेत गरेको छ ।

एसियन क्लियरिङ युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी नौ मुलुकका केन्द्रीय बैंकहरू आबद्ध छन् ।

अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ डिसेम्बरमा युनियनको स्थापना भएको थियो ।