
काठमाडौं । सर्वोच्च अदालतले न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धिमा पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ ।
सोमबार इमेजखबरमा प्रकाशित ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल…’ शीर्षकको समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अदालतले न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट सञ्चालन हुने राज्यको संस्था भएकाले जनआस्था अभिवृद्धिमा सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको हो ।
यस्तै अदालतले समाचारमा सत्यता नभएको भन्दै खण्डन गर्दै न्यायापालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी समाचार प्रकाशित नगर्न पनि सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराएको छ ।
हेर्नुस्, सर्वोच्च अदालतबाट प्रकाशित यससम्बन्धि प्रेस विज्ञप्ति जस्ताको तस्तैः

प्रतिक्रिया दिनुहोस्