
काठमाडौं, जेठ ११ । काठमाडौंका दुई वटा बालमन्दिरमा रहेका ४९ जना बालबालिकामा एकसाथ कोरोना संक्रमण भएको छ ।
नेपाल बाल संगठनद्वारा संचालित नक्साल र सिफल बालमन्दिरमा रहेका ४९ बालबालिका र त्यहाँ कार्यरत १० जना सुसारेहरुमा संक्रमण भएको हो ।
बालबालिका र सुसारेमा एकसाथ संक्रमण पुष्टि भएपछि ५३ जनालाई कीर्तिपुरस्थित त्रि.वि चिकित्सा शास्त्र अध्ययन संस्थान र जनस्वास्थ्य केन्द्रिय विभागको आइसोलेशन केन्द्रमा लगिएको छ ।
उनीहरुलाई यही केन्द्रमा राखेर उपचार गरिने छ ।
नेपालमा एकैपटक यति ठूलो संख्यामा बालबालिकमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो ।
संक्रमितहरु ८ महिनादेखि १० वर्षसम्मका छन् भने दुई जना १८ वर्षका रहेका छन् ।
उनीहरु मध्ये केही अपांगता भएका समेत छन् ।
सिफलमा ७० जनाको परीक्षण गर्दा ३६ जना र नक्सालमा बालगृहमा रहेका २३ जनामा संक्रमण देखिएको हो ।
परीक्षण गरिएका केही बालबालिकाको रिपोर्ट आउन बांकी रहेकाले संक्रमित संख्या बढ्न सक्ने बताइएको छ ।
संक्रमितहरूमा ज्वरो, खोकी लगायतका सामान्य लक्षण रहेको संगठनका महासचिव समीक वडालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्