२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुदूरपश्चिममा एमालेका मन्त्री फिर्तामा अन्योल


0
Shares

विराज रोस्यारा
कैलाली, जेठ ११ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

तर एमालेको माधव नेपाल पक्ष भने सरकारबाट फिर्ता हुने मनस्थितिमा देखिएको छैन ।

हाल सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ ।

प्रदेश सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन् । नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयगरेपनि माधव नेपाल पक्षका मन्त्री तत्काल सरकारबाट फिर्ता नहुने देखिएको छ ।

केन्द्रले निर्णय ग¥यो भनेर आधिकारीक निर्णय नआएकोले त्यस्तो तयारी केहि नभएको नेकपा एमालेका प्रमुख सचेतक तारालामा तामाङले जानकारी दिनुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले एक ढिक्का भएका अगाढी बढ्ने पुर्वमन्त्रि तथा ओली पक्षिय प्रदेश सासद पठानसिह बोहराको भनाई छ ।

उहाँले पार्टी नेत्रित्वले गरेको निर्णय सबैको मान्य हुने र त्यसमा प्रदेश सरकार गठन हुने बताउनुभयो ।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

अब मुख्यमन्त्री भट्टले आगामी ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

तर नेकपा एमालेका मन्त्रीहरु सरकारबाट फिर्ता नहुनेमा आफुहरु ढुक्क भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य महेश दत्त जोशीले जानकारी दिनुभयो ।

यता, नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले केन्द्रमा भएको गठबन्धका आधारमा अगाडी बढ्ने बताउनुभएको छ ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमालेका मात्रै २५ सांसद छन् ।

माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का दुई जना सांसद छन् ।

एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये ६ जना मात्रै ओली पक्षमा खुलेका छन् ।

बाँकी १९ जना एमालेभित्र माधव नेपाल पक्षका प्रदेशसभा सदस्य छन् ।

त्यसैले उनिहरुले अहिले नै माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नगरेको देखिन्छ ।