
कैलाली, जेठ ११ । वन तथा वातावरण मन्त्री प्रेम आलेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सांसदहरुलाई कारवाही गरिने चेतावनी दिनुभएको छ ।
मंगलबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको निर्देशन नमान्ने सांसदलाई कारवाही गरिने बताउनु भएको हो ।
सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाका लागी किर्ते हस्ताक्षर बुझाइएको दाबी समेत उहाँले गर्नुभयो ।
यसैबिच, मन्त्री आलेले सेति प्रादेशिक अस्पताललाई ५० सिलिन्डर अक्सिजन र ५० हजार माक्स हस्तान्तरण गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्