
सर्लाही, जेठ १२ । सर्लाहीमा मकैको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका छन् ।
दुई बर्ष अगाडी तिन हजारदेखि ३२ सय रुपैयाँ प्रतिकुन्टल बिक्री भएको मकैले यस बर्ष २ हजार पनि पाउन सकेको छैन ।
गत बर्ष पनि लकडाउनकै कारण मकै किसानले प्रतिक्विन्टल २ हजार रुपैयाँमै चित्त बुझाएका थिए ।
यस वर्ष पनि बिक्री गर्ने समयमा निषेधाज्ञा भएपछि व्यापारीले मकैको मनपरी भाउ तोकेका छन् ।
मकैले मूल्य नपाएपछि घरमै राखेको मकैमा घुन र पुतली लाग्न थालेको छ ।
यस वर्ष मकैबाट किसानको लगानी समेत नउठ्ने देखिएको छ ।
गतवर्ष फौजी किराको प्रकोपबाट बचाएको मकैले मूल्य नपाउँदा किसान निरास देखिएका छन् ।
सर्लाहीमा १७ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्