
काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरूप उपलब्ध गराउने भएकाे छ ।
बुधबार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले पुष्टि गर्नुभएकाे छ ।
During today’s phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021
उहाँले ट्वीटरमार्फत भण्डारी र सीकाे तस्वीर राख्दै खाेप आउने जानकारी गराउनुभएकाे हाे । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।
बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनपिङबीच पौने घण्टा टेलिफोन वार्ता गर्नुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्