१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक तथा वित्तिय संस्थालाई शेयर लगानीमा असर पर्दैन : राष्ट्र बैंक


0
Shares

काठमाडौं, जेठ १२ । नेपाल राष्ट्र बैंकले बैंकले मंगलवार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तिय संस्थालाई शेयर अल्पकालिन लगानीमा कडाई गर्‍यो ।

सो सर्कुलर अनुसार अबका दिनमा बैंकले बैंक तथा वित्तीय संस्थाहरुले शेयर तथा डिवेञ्चरमा अल्पकालीन लगानी गर्न पाउने छैनन ।

शेयर बजारमा हुने आन्तरिक चलखेल रोक्न राष्ट्र बैंकको नयाँ कदममलाई कतिपयले भने सकरात्मक भनिरहेका बेला कोरोनाका कारण लगानीका अन्य क्षेत्र खुम्चिएको समयमा अर्थतन्त्रलाई तरलता प्रदान गरिरहेको पुजी बजारका लगानीकर्ता भने यो सर्कुलरसँगै अन्यौलमा परेका छन् ।

यो संकटको समयमा बैक तथा वित्तिय संस्था पनि पुजी बजारलाई नै कमाउने बाटो बनाएकाले यी संस्था आफ्नो लक्ष्यमा विचलित नहुन भनी यो आदेश आएको टिप्पणी गर्नुहुन्छ नेपाल उद्योग वाणिज्य महासंघका पुजीबजार समितिका सभापति तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल ।

यो अन्यौलमा पर्ने विषय नै नभएको उल्लेख गर्दै पौडेलले बैक तथा वित्तिय संस्थाकाको अहिलेको पुजी बजारको लगानी एक दिनको कारोवारको एक तिहाई पनि नभएकोले तात्विक असर नगर्ने बताउनु भयो ।

सभापति पौडेललका अनुसार अहिलेको बजारमा पुजी बजारमा लगानी गर्ने बैक तथा वित्तिय संस्थाको संख्या अति न्युन छ ।

तर अन्य वित्तिय संस्था पनि आर्कर्षित हुने डरले केन्द्रिय बैकले यस्तो निर्णय गरेको हुन सक्छ ।

बैक तथा वित्तिय संस्थाको नाफा आर्जन गर्ने आफ्नै बाटा छन् यसलाई सहि बाटोमा ल्याउन खोल्ने केन्द्रिय बैकको कदम सहि छ ।

राष्ट्र बैकको यो कदम तत्कालका लागि असहज जस्तो देखिएपनि लगानीकर्ताका लागि दिर्घकालिन रुपमा भने लगानीकर्तालाई फाइदा हुने विश्लेषण गरिएको छ ।