
चितवन, जेठ १२ । चितवनको एक फार्मेसीमा लागू औषध भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाका अनुसार भरतपुर ११ मालपोतचोक नजिकै रजत श्रेष्ठले संचालन गरेको मुक्तिनाथ डिजिटल फार्मेसीबाट प्रतिबन्धित लागु औषध बरामत भएको हो ।
प्रहरीले फार्मेसीका संचालक रजत श्रेष्ठलाई पक्राउ गरेको छ ।
फार्मेशीमा केयरज्याक १७ एम्पुल, नुरफिन १७ एम्पुल, फेनारागन १७ एम्पुल, नाइट्राभेट१० ३८ ट्याव्लेट बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका श्रेष्ठलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको प्रवक्ता डिएसपी थापाले जानकारी दिनुभयो ।
त्यस्तै राप्ती नगरपालिका ३ गड्यौलीबाट लागु औषध नाईट्राजेपाम ४९० ट्याब्लेट सहित वडानम्बर २ बस्ने बर्ष २५ को सुदिप भन्ने तारानाथ पाण्डे पनि पक्राउ परेका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय चितवनले ७ वर्ष कैद सजायँ तोकेर पनि फारार भएका व्यक्तिलाई पक्राउ गरेको छ ।
लागु औषध गाँजा मुद्दामा जिल्ला अदालत चितवनको गत चैत्र १२ गतेको आदेशले ७ बर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना साथै २८ सय रुपैयाँ राहत कोषमा दाखिला गर्नुपर्ने भनि फैसला गरिएका फरार प्रतिबादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर २४ बस्ने पदम बहादुर तामाङ रहेका छन् ।
फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालत मार्फत तामाङलाई कारागार कार्यालय भरतपुरमा बुझाईएको चितवन प्रहरीका सूचना अधिकारी डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्