१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै रिटलाई संवैधानिक इजलाशमा पठाउने प्रधानन्यायाधीश राणा इजलाशको निर्णय


0
Shares

काठमाडौं, जेठ १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलाशमा पठाउन आदेश दिएको छ ।

बिहीबार ती रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यो आदेश दिनुभएको हो । यसअघि नै ११ वटा रिट संवैधानिक इजलाशमा दर्ता गराइएका थिए ।

अब भोलि शुक्रबारदेखि सबै ३० वटा रिटको सुनुवाइ संवैधानिक इजलाशमा हुने छ ।

मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेकामा उक्त निर्णय खारेजीको माग गर्दै ३० रिट परेका हुन् ।

धारा ७६(५) बमोजिम प्रधानमन्त्री दावी गर्न गएका एमाले सांसद केपी ओली र कांग्रेस सांसद शेरबहादुर देउवाको दावीलाई राष्ट्रपतिले अस्वीकृत गर्नुभएको थियो ।

त्यसपछि मन्त्रिपरिषदको सिफारिशमा जेठ ७ गते राष्ट्रपतिले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

संसद विघटन असंवैधानिक भन्दै धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागका साथ विपक्षी गठबन्धनका १४६ सांसद आफै उपस्थित भएर सर्वोच्च अदालतमा रिट दिएका थिए ।