१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री र राष्ट्रपतिले निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाको आरोप


0
Shares

Shambhu Thapa advocate

काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले किचेनमा बसेर हरहिसाब गरी गरी निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले गराएको प्रतिनिधि सभा विघटनबारे सभामुख अग्नि सापकोटाले कानुनविदहरुसँग गरेको छलफलमा थापाले संविधानसभाले बनाएको संविधान कहिले नमर्ने भन्दै प्रधानमन्त्री र राष्ट्रपतिले चाहेर हत्या गर्न नसक्ने जिकीर गर्नुभयो ।

उहाँले संविधानको संशोधन हुनसक्ने भन्दै भन्नुभयो, ‘संसद प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । हामी कानुन मान्ने छौं । कानुन नमान्ने सरकारमा छन् । किचेनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर हरहिसाब गरेर खेल खेल्नुभएको छ । यो निर्लज्ज छ ।’

प्रधानमन्त्रीले कुनै हालतमा पनि सरकार छाड्दिँन भनेको भन्दै उहाँले थप्नुभयो, ‘कुनै पनि हालतमा सरकार छोड्दिन भन्नुभएको छ । अदालतमा गएका छौं । धेरै लामो समयसम्म जोड घटाउ गरेर यो निर्णय लिएका छन् ।’

राष्ट्रपतिको निर्णयप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘राष्ट्रपतिकहाँ कागज पुगेपछि अर्को सृष्टि गर्ने अधिकार राष्ट्रपतिलाई कहाँबाट आयो ?’