४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन साढे १४ अर्ब माथिको कारोबार


0
Shares

काठमाडौं, जेठ १३ । शेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।

यस अघि १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबारले रेकर्ड राखेको थियो ।

साताको अन्तिम कारोबार बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर शेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीइ संस्थाहरुलाई शेयर कारोबारमा कडाइ गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको शेयर किन्न नपाउने भएका छन् ।

अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको यो निर्देशन पछि शेयर बजारलाई नकारात्मक असर पर्ने अनुमान थियो ।

अनुमान अनुसार नै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बिहीबार घट्यो ।

तर धेरै चर्चा भएजस्तो बजार घटेन । दिनभर उचारचढाव अन्तमा झिनो अंकले घटेर बन्द भएको छ ।

शेयर कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।