१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभाको बैठकका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्न सभामुखलाई भट्टराईको आग्रह


0
Shares

काठमाडौं, जेठ १३ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सभामुख अग्नि सापकोटाले संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा विघटनबारे सभामुख अग्नि सापकोटाले बोलाएको कानुनविद्हरुसँगको छलफलमा भट्टराईले यसो गर्न संविधानले सभामुखलाई नछेको टिप्पणी गर्नुभयो ।

संविधान र सर्वोच्चको फैसलाबमोजिम पनि संसद कहिले मर्दैन भन्ने आधारमा सभामुखले नै संसद बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसभाको बैठक आह्वानका लागि सिफारिश गर्नुपर्छ । मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्ने छैन । सभामुखले यो काम गर्न सक्नुहुन्छ । संविधानले दिएको कर्तव्य निर्वाह नगरी बस्न सक्दैन ।