
काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसले कोभिड-१९ (कोरोना)विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आईसीयू बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै गाउँरनगरपालिका र वडा तहसम्म पिसिआर परीक्षणको व्यवस्था गर्न समेत माग गरेका छन् ।
जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरूबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न उहाँको माग छ ।
खोपलगायत स्वास्थ्य सामाग्री खरिद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको जाँचको लागि पनि देउवाले माग गर्नुभयो ।
‘कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आईसियु बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गर्दछु, विज्ञप्तिमा भनिएको छ, देशको हरेक गाउँरनगरपालिका र वडा तहसम्म पिसिआर परीक्षणको व्यवस्था गर्नस संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्नस ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरूलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न, निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्र विन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु । खोप लगायत स्वास्थ्य सामाग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरुसँग माग गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्