
प्रज्ञा तिमल्सीना
काठमाडौं, जेठ १३ । नेपालमा कोरोना संक्रमण दुई सातादेखि केही कम हुँदै गएको पाईएको छ ।
बैशाख महिना भरी उच्च रुपमा बढेको संक्रमित संख्या ओरालो लाग्दै गएको हो । हाल संक्रमितको संख्या र संक्रमण जित्नेको संख्या बराबर जस्तो हुन थालेको छ । संक्रमितको संख्यामा कमी आए पनि जोखिम भने उत्तिकै छ ।
जेठ १ देखि १३ गतेसम्म ८५ हजार ७ सय २१ जना संक्रमणमुक्त हुदा ९४ हजार ७ सय ६० जनामा संक्रमण देखिएको छ ।
झन्डै २ साताको विचमा २ लाख ४७ हजार १ सय ६१ जनामा भएको परीक्षणमा ३८ प्रतिशतमा संक्रमण देखिएको हो ।
दोस्रो लहर सुरु भए यता वैसाख महिनामा परीक्षण गरिएका मध्ये ५० प्रतिशतमा संक्रमण देखिएको थियो ।
संक्रमित संख्या काठमाडौं उपत्यकामा समेत केही घट्न थालेको छ । जसका कारण अस्पतालमा विरामीको चापमा समेत केही कमी आएको छ ।
निको हुनेको संख्यामा बढ्दै गएका कारण अस्पतालमा विरामीको चाप घट्दै गएको हो ।
बुधबार र बिहिबार संक्रमितको संख्याको तुलनामा संक्रमण जित्नेको संख्या धेरै रह्यो ।
संक्रमितको संख्या कम हुँदै गएको हो त भनेर हामीले संक्रामक रोग बिशेषज्ञ डा. अनुप सुवेदीले पहिलेनै संक्रमण फैलिएको ठाउँमा कम हुन लागेको हो । विस्तारै घट्नछ । तर सिकिस्त विरामी भएकाले ति व्यक्ति निको हुन समय लाग्ले भएकोले केहि समय लाग्न सक्छ र केहि ठाउँमा ढिलो संक्रमण फैलिएको छ । त्यो नियन्त्रणमा आउन समय लाग्ने डा. सुवेदी बताउनुहुन्छ ।
बैशाख महिना भरी नेपालामा १ लाख ५८ हजार ९४ व्यक्ति संक्रमित भएका थिए ।
बैशाख १ देखि ३१ गतेसम्म ४ लाख ७५ हजार ५१ जनामा भएको परीक्षण करिव ३९ प्रतिशत व्यक्ति संक्रमित भएका थिए । बैशाख महिना भरी ५३ हजार ३ सय ६ जना संक्रमण मुक्त भए भने १ हजार ६ सय ३८ जनाको मृत्यु भएको थियो ।
अहिले पनि जटिल स्वास्थ्य समस्या भएर अस्पताल भर्ना हुनेको संख्या भने घटेको छैन् ।
२ हजार बढी आइसियू र भेन्टिलेटरमै रहेका छन् । बैशाख अन्तिमसम्म जटिल स्वास्थ्य समस्या भएकाहरुको संख्या २ हजार भन्दा कम थियो ।
सामान्ययता संक्रमण दर कुन विन्दुमा पुगे पछि कम हुन्छ र संक्रमण दर कम हुने के कुराले निधारण गर्छ भन्नेमा डा. सुवेदीले संक्रमित भएका र हुन बाकिँ मानिसको आधारमा भन्न सकिने बताउनुहुन्छ ।
संक्रमणलाई अझ कम गराउन सरकारले शुक्रवारदेखि निषेधाज्ञामा अझै कडाई गरेको छ ।
चैत्र र बैशाख महिनामा संक्रमण उच्च रुपमा बढेका स्थानमा संक्रमितको संख्या कम भएको देखिए पनि अहिले गाउँमा संक्रमण विस्तार भएको छ ।
गाउँ गाउँमा विरामीको संख्या बढेको बढ्यै छ तर परीक्षण हुन सकेको छैन । परिक्षणको दायरा ग्रामिणा क्षेत्रमा पुर्याउने हो भने अर्कै परिदृष्य नआउनला भन्न पनि सकिंदैन ।
प्रतिक्रिया दिनुहोस्