
काठमाडौं, जेठ १४ । बेलायतले नेपाललाई कोरोना भाइरसविरूद्ध प्रयोग गर्ने विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।
जहाजमा ल्याइएका सामग्री नेपालका लागि बेलायती राजदूत निकोला पोलिट स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्दै बेलायतको तर्फबाट यस्तो सहयोग जारी रहने प्रतिवद्धता पनि जनाउनुभएको छ ।
त्रिपाठीले कोरोनाविरूद्धको नेपालीलाई सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिनुभएको छ ।
बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर, १९ हजार २ सय आई प्रोटेक्टर छन् । सोही जहाजमा नेपाल मेड युकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याएको जनाइएको छ ।
यसअघि, बेलायतमा सांसदहरुले पुरानो मित्र नेपाल कोरोना भाइरससँग संघर्षरत रहेकाले सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण नै गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्