२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गणतन्त्रलाई समाप्त पार्न खोजियो–माधव नेपाल


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले व्यवस्थामाथि खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेता नेपालले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान समेतमा गम्भीर खतरा उत्पन्न भएको औँल्याउनुभएको हो ।

नेपालले सन्देशमा लेख्नुभएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास, समानता र सामाजिक न्यायमा आधारित समाजको विकास र रुपान्तरण गणतन्त्रको प्रमुख उद्देश्य हो । साथै जनताद्वारा निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य–मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरुको दायित्व हो । तर, त्यस विपरित जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा गलत मनशायका साथ पटक–पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोसिस भैरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ ।’

https://www.facebook.com/madhavnepaluml/posts/1733630650156716?__xts__[0]=68.ARDPTvlAug0OVMrNnVT_L0EU1qKE0SxBAOfr1OdxED05E_tv9HeuNTtuHJM0gQ3bAuAkGWTrtiox1qY8e44noYp5nJJR_SzHTu-2FM0oZwM6kN_VQsSs1VkqDnu90FScdcEBidYQBcXUf1LeyQMYdN6fbeb7L9xqYIblGVNlvhc-1A7EuCuj8AbeBNJG_dEBKDZm2e-7jWFDPGfN_sB02O0E3kOYz3dWvRnD9AbnWVhLqb-ommQcbBjxJ1M6z0fuD-GSmGQOtElNwW0e18knuJALktHwFvOLL5eepRl5_gwyT7HfuA