
तस्विर फाइल
काठमाडौं, जेठ १५ । पाँचथरमा निजी स्तरबाट कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने कार्य अघि वढेको छ ।
उद्योग वाणिज्य संघ पाँचथरको अगुवाइमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्ने अभियानले तिव्रता पाएको हो ।
जिल्लाका कोरोना संक्रमितलाई निशुल्क अक्सिजन उपलब्ध गराउनुका साथै अन्य स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले अभियान सुरु गरिएको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपालले बताउनुभयो ।
अभियानमा जिल्लावासी तथा देश विदेशमा छरिएर रहेका व्यक्तिहरुबाट रकम संकलन गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्