
फाइल फोटो
काठमाडौं, जेठ १५ । मुलुकमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि सरकारले घोषणा गरेको निषेधाज्ञाको अवधि एक महिना पुगेको छ ।
यो एक महिनामा मात्र कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ३८ सय नाघेको छ ।
कोरोनाको दोस्रो लहरबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि सरकारले गएको वैशाख १६ गतेबाट राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा आवश्यकताका आधारमा निषेधाज्ञा लगाउँदै आएको छ ।
निषेधाज्ञाको एक महिनामा ३ हजार ८३६ जनाको मृत्यु भएको छ ।
लकडाउन घोषणा गर्नु अघिल्लो दिन वैशाख १४ गते १८ जनाको मृत्यु भएको थियो ।
यसबीचमा सबैभन्दा बढी जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भयो भने वैशाख २८ का दिन २२५ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्