
काठमाडौं, जेठ १५ । सरकारले आर्थिक बर्ष २०७८/०७९ को बजेटमा युवा तथा खेलकुद तर्फ २ अर्ब ७४ करोड रकम बिनियोजन गरेको छ ।
खेलकुदमा अघिल्लो आर्थिक बर्षको भन्दा ३८ करोड रुपैयाँ बजेट बढेर आएको छ ।
अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेटमा समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न सरकारले बजेट विनियोजन गरेको जानकारी दिए यसैगरी झापामा मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने मूलपानी, लमही लगाएतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।
यसैगरी पोखरा रंगशाला निर्माण कार्य पुरा हुने पनि उल्लेख गरिएको छ भने रिटायर्ड खेलाडीहरुलाई सहुलियतमा ऋण उपलव्ध गराउने विषय पनि बजेटमा परेको छ ।
यसैगरी देशका पाँच स्थान सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटन मार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।
यसैगरी गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट छुट्याइएको छ ।
यसैगरी पदक आउने खेलमा अन्तर्राष्ट्रिय सहभागीतामा विशेष ध्यान दिइने पनि बजेटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्